नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध, खुलाउने प्रयास हुँदै

चितवन | असार १६, २०८०

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध, खुलाउने प्रयास हुँदै

चितवन:     नारायणगढ मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैको तीन नम्बर पुल क्षेत्रको सडक पुन अवरुद्ध बनेको छ ।


बिहीबार मध्यान्न १ः२० बजे देखि लगातार खसेको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रवार अपराह्न ६ बजे एकतर्फी खुले पनि अवरुद्ध बनेका गाडीहरू पुरै पार हुँदहुँदै शनिबार उज्यालो हुनु पूर्व ३ः३० बजे देखि पुनः अवरुद्ध बनेको  छ ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार लगातार ढुङ्गासहितको सुख्खा पहिरो खसिरहेको पहिरो जसोतसो पन्छाउने काम भएको थियो । तर, रोकिएका यातायातका साधन पुरै पास गर्दा नगर्दै परेको अविरल वर्षासहितको पहिरोले पुन सडक रोकियो । उहाँका अनुसार पहिरो गइरहेको क्षेत्रको मुग्लिन तर्फ र नारायणगढ तर्फ  तयारी अवस्थामा एस्काभेटर र डोजर तयारी अवस्थामा राखिएका छन् । तर पनि पानी परिरहेको र लगातार ढुङ्गा खसिरहेको कारण पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन ।


तराई क्षेत्रलाई सङ्घीय राजधानी र मध्य पहाडी क्षेत्र जोड्ने लाइफलाइनको रूपमा रहेको नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक १२ हजार भन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने अनुमान छ ।

पोखरा:  पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ ।  साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...

थप पढ्नुहोस्

पोखरा:  १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:   पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

थप पढ्नुहोस्